• २०८३ कार्तिक ९ गते आइतवार

एनआरएनएद्धारा अर्घाखॉंची जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ९, अर्घाखॉंची । गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद साउदीअरबको परोपकारी परियोजना अन्तर्गत सातै प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम अनुसार प्रदेश ५ को लागि अर्घाखॉंची जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । राष्ट्रिय समन्वय परिषद साउदीका कार्यसमिति सदस्य राम बहादुर क्षेत्रीको समन्वयमा सन्धिखर्कका स्थानिय स्वयंसेबी युबा हरी पान्डे र मदन कुमार क्षेत्रीले एक संक्षिंप्त कार्यक्रमका बिच उक्त्त स्वास्थय सामाग्रीहरू अर्घाखॉंची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम लाई हस्तान्तरण गरिएको हो ।

उक्त्त अबसरमा अस्पतालका अन्य कर्मचारी र स्थानियबासी हरूको पनि उपस्थिति थियो । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै जिल्ला अस्पतालका प्रमुख डा. गौतम ले गैर आवासिय नेपाली संघ साउदीको कार्यको प्रशंसा गर्दै धन्यबाद ब्यक्त गर्नुका साथै यस्ता कार्यले महामारी संग लड्न फ्रन्ट लाईनमा खटीने स्वास्थ्यकर्मी लाई थप हौसला र सहयोग हुने बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस