• २०८३ असार ४ गते बिहिवार

माटो खन्दा ढिस्काले पुरिदा दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छेडागाड– ३ की ३० वर्षीया शीतला जैसी र १६वर्षीया आरती दाहाल छन् ।

अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस