कार्तिक १, काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।