असोज २९, काठमाडौँ । काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्डले बोकेको खुकुरी खोसेर प्रहार गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरले जनाएको छ । सुरक्षा गार्डको हातमा चोट लागेको छ । घाइते गुरुङको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।