असोज २९, काठमाडौँ । फक्तताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया मावो घर नजिकैको सुँगुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । उनलाई भने सुँगुरको खोर वरपर सफा गरिसक्ने हतारो थियो ।

सोही क्रममा झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो । छिमेकी राम लिम्बूका अनुसार गत असार २८ गते दिउँसो सर्पले डसेको हो । श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल टाढाबाट धामी (फेदाङ्वा) बोलाएर झारफुक गर्न लगाए । भोलिपल्ट बिहान ४ बजे धामीकै अगाडि उनको मृत्यु भयो ।