• २०८३ भाद्र ८ गते सोमवार

सांसद पहाडीको निधनप्रती प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य तथा सञ्चारकर्मी सानु शिवा पहाडीको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट पहाडी प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । ताप्लेजुङ् जस्तो दुर्गम् तथा बिकट जिल्लामा जन्मिएर कलिलो उमेरदेखि नै जनपक्षिय सांस्कृतिक अभियानमा सामेल भएर नेपाली समाजको रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।


प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालबाट दुःख व्यक्त गर्दै भन्नुभएको छ, ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुस्ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

 

Sharing

प्रतिक्रिया दिनुहोस