असोज २८,काठमाडौँ। एनआईसी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षति गर्दै एक विशेष योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट दिनेगरी ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको हो ।
यस योजना अनुसार बैंकका ग्राहकहरूले १ कार्तिक देखि ५ मंसिर सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् । फाइदा नै फाइदाले भरिएको यस योजनामा बैंकका मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
