असोज २७, तनहुँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी घिरिङ गाउँपालिका(५ हटिया बस्ने ६६ वर्षीय जोक बहादुर श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत तनहुँको २०४८ फागुन १९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ६ महिना १६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।