• २०८३ बैशाख १६ गते बुधवार

उपत्यकामा थप २१२९ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१२९ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी २१२९ जनामा संक्रमण पुष्टि भएको हो ।


थप ३५ सय ५६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ जना पुगेको छ । मन्त्रालयका अनुसार आज १५ सय ३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७८ हजार ७ सय ८० जना रहेको छ । आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय ६३ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस