असोज २७, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- ११:३० बजे ।
२.सञ्चारगृहका पीडित पत्रकार /कर्मचारी संयुक्त संघर्ष समितिले पेशागत सुरक्षाको ग्यारेन्टीका लागि थाल ठटाएर प्रदर्शन गर्ने ।
स्थान :- बालुवाटार ।
समय :- १३:०० बजे ।
३.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।
४.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।