वि.सं. २०७७ असोज २६। सोमवार। इ.स. २०२० अक्टोबर १२।ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। दशमी, ११:२२ उप्रान्त एकादशी।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्रम तथा चलफलमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभपनि रहला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावपनि हुन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ व्यक्ति सङ्ग भेट हुने र अरुलाई प्रभावित पार्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,द)
प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।