असोज २०, सुर्खेत । सुर्खेत ईलाका प्रहरी कार्यालय बाबियाचौरको प्रमुखमा प्रहरी निरीक्षक खत्री दवा्रा मदिरा नियन्त्रण कार्यक्रम निर्देशन भएको हाे । आइतवार जिम्मेवारी सम्हालेकै दिन कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र कुमार खत्री र पन्चपुरी नगरपालिका स्थानिय सरकारका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनैतिक दल,प्राज्ञीक व्यक्तित्व,सामाजिक अभियन्ता,तथा सञ्चारकर्मी एवम पत्रकारहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भयो।
पश्चिम सुर्खेतको वर्तमान शान्ति सुरक्षा अवस्था र कोभिड १९ लगायतका विषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो । प्रहरी निरिक्षक खत्रीले शान्ति सुरक्षा स्थापनाको लागि आफ्नो तर्फबाट कुनै पनि कसर बाकि नराख्ने र मदिरा नियन्त्रण गर्न समुदायको साथ भएमा पुर्णरुपमा बन्द गर्न सक्ने समेत बताए।
उनले सदैव मन,कर्म,बचनबाट दत्त चित्त भई समाजमा शान्ती सुरक्षा,सुव्यवस्था एवम अमनचयन कायम गर्न तथा नागरीकको जिउ धनको सुरक्षा गर्न,कानुनको पालना तथा कार्यान्वयनमा आफु अहोरात्र खटिन पछी नहट्ने बताउदै आफ्ना प्रहरी कर्मचारीहरुलाई उच्च मनोवल एवम निर्भीकता साथ आफ्नो शिर ठाडो बनाएर कसैप्रती झुकाव नराखी व्यावसायिक जिवनमा सिकेका ज्ञान,सीप र कलालाई व्यवहारीक छवि प्रस्तुत गर्दै जनताको मन जित्ने गरी प्रहरी कामकारवाही गर्न मातहत सवै प्रहरी चैकी ईन्चार्ज तथा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएको बताएका छन् ।