असोज १९, काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ५५४ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वरका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या भने ८९,२६३ पुगेको छ । यस्तै आज १३,७८१ जनाको पीसीआर भएको छ।