असोज १८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन आग्रह गरेको छ ।कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमार्फत दशैंका लागि यात्रा नगर्न आग्रह गरेको हो ।
उनका अनुसार स्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको छ । आज थप २२ सय ५३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ जना रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९९ जना कोरोना भाइरस पुष्टि भएको छ ।