असोज १८, एजेन्सी । स्पेनमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको १५ मिनेटमै पत्ता लाग्ने भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको छ ।

यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको ज्यान गइसकेको छ ।