• २०८३ मङ्सिर ४ गते बिहिवार

हल्लाको पछि नलागौं, तत्काल लकडाउन हुँदैन : मन्त्री ढकाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिसगको भेटमा मन्त्री ढकालले सो कुरा बताएका हुन् ।उनीहरूले व्यवसायहरू विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेको बताए ।

सो अवसरमा मन्त्रीले हल्लाको पछि नलाग्न अनुरोध गर्दै तत्काल लकडाउन नहुने बताए । उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने सोचको विकास गराउनुपर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस