असोज १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आजको छलफल सकिएको छ ।

दुई अध्यक्षबीच भोलि ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । दुई अध्यक्षबीच करिब एक घण्टा छलफल भएको थियो ।