असोज १५, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- ११:३० बजे ।
२.जात व्यवस्था उन्मूलन मोर्चा नेपाल बागमति उपत्यका सम्पर्क समितिले बलात्कार पछि हत्या गरिएकी १२ बर्षीय सम्झना कामी लगायत देशभर दलित समुदाय माथि भइरहेका हत्या हिंसा अत्याचारका विरुद्धमा धर्ना तथा विरोध कार्यक्रम गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १२:०० बजे ।
३.वीर गोर्खाली अभियानले भ्रष्टाचारी,अत्याचारी,दलाल,घु सखोरी,हत्यारा,बलत्कारी,देशद् रहीलाइ खबरदारी गर्दै हजार राजाहरुलाइ हटाएर एउटा शक्तिशाली राजाको उदय गरि शान्ती प्रिय देश नेपाल बनाउनुपर्ने माग राखि काभ्रेको बनेपामा गर्नलागेको शान्तिपुर्ण कार्यक्रममा सहभागी हुन मोटरसाइकल र्याली सहित बनेपा जाने ।
स्थान :- भक्तपुरको जगातिमा भेला जम्मा भएर मोटरसाइकल र्याली सहित बनेपा जाने ।
समय :- १२:०० बजे ।
४.सञ्चारगृहका पीडित पत्रकार /कर्मचारी संयुक्त संघर्ष समितिले पेशागत सुरक्षाकाे ग्यारेन्टीका लागि ५ दिने रिले अनसन बस्ने ।
स्थान :- बिजुलीबजार ।
समय :- १३:०० बजे ।
५.संस्थागत बिधालय शिक्षक युनियन राष्ट्रिय समिति (ISTU) ले विभिन्न माग राखि असोज १५ गते सबै महानगरपालिका र उप-महानगरपालिकामा एक दिने धर्ना दिने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
६.नेपाल वायुसेवा निगम कर्मचारी संघले मिति २०७७/०६/४ गते मन्त्री काे ठाडाे निर्देशनमा sellf ground holding सेवा एकलैाटि रूपमा विदेशी लगानिमा सन्चालित हिमालयन एयरलाइन्स लाई दिएकाे निर्णय राष्ट्र र राष्ट्रिय हित विपरीत रहेकाे ठहर गर्दै गलत निर्णय लाई तत्काल सच्याउन दवाब दिनकाे लागि नेपाल वायुसेवा निगमको विभागिय प्रमुखको कार्यकक्ष घेराउ गर्ने ।
स्थान :- नेपाल वायुसेवा निगमको कार्यालय,न्यूरोड ।
समय :- नखुलेको ।
७.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।
८.आंशिक प्राध्यापक संघ अमृत साइन्स क्याम्पस कमिटिले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१३ गते ६:०० बजे देखि गरेको तालाबन्दी जारी ।
९.त्रि.बि.बि शिक्षण अस्पताल महाराजगंजका पुर्व प्रा.डा.गोविन्द केसीले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतका माग राखी मिति २०७७/५/२९ गते देखी बसेको अनशन जारी रहेको । (हाल त्रिवि शिक्षण अस्पतालकाे NX1भबनकाे ५०१ नम्बर क्याबिनमा उपचार गराइ रहेको ।)
१०.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
११.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।