• २०८३ असार २ गते मङ्गलवार

रित्तिएका खाद्यान्न गोदाम भरिदै: १९ हजार ५ सय क्न्विटल खाद्यान्न आउदै

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज १४, मुगु।  हिमाली जिल्ला मुगुका गोदाम लगायत डिपोहरुमा रित्तीएका खाद्यान्नहरु भरिन थालेका छन् । नेपाल खाद्य संस्थान व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले गत भदौ ५ गते गरेको निर्णयले मुगुका लागि माग गरेको ६ हजार क्न्विन्टल खाद्यन्न माग गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड प्रधान कार्यालय काठमाण्डौले कार्यान्वयन नगर्दा सो खाद्यान्न स्वीकृत नभए पछि संस्थानमा आउने वार्षिक कोटा खाद्यान्नको सम्झौता भई आउनु पर्ने खाद्यान्न आउन लाग्दा रित्तिएका डिपो ,तथा गोदामहरु भरिन थालेका हुन् ।

सदरमुकाम गमगढी बजार लगायत जिल्लाका डिपो तथा बिक्रि केन्द्रहरुमा रहेका गोदामहरुका लागि १९ हजार ५ सय क्न्विटल खाद्यान्न आएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मुगुका कार्यालय प्रमुख कर्ण बहादुर रावलले बताए । उहाका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ लागि मुगुमा १९ हजार ५ सय क्न्विटल खाद्यान्न ठेकेदार सँग सम्झौता भई नेपालका विभिन्न जिल्लाका खाद्य संस्थान बाट ढुवानि प्रक्रिया तिव्र रुपमा भई रहेको जानकारी दिनु भयो ।

सो महिना सदरमुकाम गमगढी बजारमा जम्मा साढे ५ सय क्न्विटल मात्र खाद्यान्न स्टक रहेको थियो त्यहि स्टक रहेको थियो स्टक रहेको खाद्यान्न पनि अतिआवश्यक काम बाहेक अन्य लाई बिक्रि वितरणमा रोक लगाईएको थियो । हाल अहिले नेपालका विभिन्न संस्थान बाट खाद्यान्न आपुर्ति भईरहेको छ । जसमा सदरमुकाम गमगडी बजारमा रहेको व्यापार कम्पनिका लागि ११ हजार क्न्विन्टल , डिपो कार्यालय सोरु कोटमा २ हजार , डिपो श्रीकोट १ हजार , डिपो पुलु ७ सय ५० , विक्रि केन्द्र कालै ३ हजार र विक्रि केन्द्र रातापानिका लागि ७ सय ५० क्न्विन्टल खाद्यान्न सम्झौता भई ढुवानि प्रक्रिया अगि बढि रहेको उनले बताए । खाद्यान्न आपुर्तिमा नेपालगंज , धनगढि , सुर्खेत , बाट ढुवानि भई रहेको जानकारी गराउनु भयो ।

उनका अनुसार विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को संक्रमणले विश्वनै आक्रान्त भईरहेको अवस्थामा र नेपाल सरकारले चैत ११ गते बाट जारी गरेको लकडाउन अर्थात बन्दाबन्दिले गर्दा सदरमुकाम गमगडी बजारमा खाद्यान्नको अभाव सुरु भएको थियो आफुले काठमाण्डौमा रहेको प्रधान कार्यालय लाई पटक पटक ताकेता लगाउदा बल्ल जिल्लाको लागि १९ हजार ५ सय क्न्टिवल खाद्यान्न आपुर्ति भएको कार्यालय प्रमुख रावलले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस