असोज १४, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९०२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ गरी ९०२ जनामा संक्रमण पुष्टि भएको हो ।

थप १५ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ९८ जना पुगेको छ ।