• २०८३ जेष्ठ १६ गते शनिवार

रेल्वे कम्पनीमा जागिर खान ३२ हजारको आवेदन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौँ । नेपाल रेल्वे कम्पनीमा जागिर खानको लागि ३२ हजार जनाले आवेदन दिएका छन् । कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो । १५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन ।

भट्टराईले ट्विटरमार्फत सो जानकारी गराएका हुन ।

https://twitter.com/Gurubhtt/status/1311064083446210560

Sharing

प्रतिक्रिया दिनुहोस