• २०८३ बैशाख २४ गते बिहिवार

माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १३, स्याङ्जा । स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार वालिङ ११ पेखुको पनेरगैह्रामा मंगलबार बिहान गिटी निकाल्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले उनीहरुलाई पुरेको थियो।

पुरिएर गम्भीर घाइते भएकी वालिङ ११ का ३९ वर्षका दुर्गा थापाको उपचारका क्रममा ज्यान गएको हो । त्यस्तै, ३५ वर्षकी मुना थापा र ३१ वर्षका नारायणी सिंजालीको उपचार भइरहेको छ ।मुनाको खुट्टा भाचिएको ग्रहौं प्राथमिक अस्पतालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस