• २०८३ बैशाख १६ गते बुधवार

बाघको आक्रमणबाट एककाे मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार सोमबार पूर्वी चितवनको रत्ननगर नगरपालिका-६ का ५५ वर्षीय बबना चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

tiger

स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउँदै घाँस काट्ने क्रममा चौधरीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस