असोज १२, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै लैनचौर सबस्टेशनबाट विद्युत आपुर्ति हुने बागबजार, नारायणहिटी दरबार, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुसी, टंगाल, बबरमहललगायतका क्षेत्रमा आइतबार लाइन अवरूद्ध भएको जनाएको छ । समस्या सुल्झाउन प्राधिकरणले मर्मत टोली खटाएको छ । दिउँसो ३ बजेदेखि अवरूद्ध विद्युत आपुर्ति सुचारू हुन अझै केही समय लाग्ने प्राधिकरणले जनाएको छ ।

काठमाडौं नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि अघोषित रुपमा लोडसेडिङ हुन थालेको आशंका व्यक्त भइरहेको बेला आइतबार काठमाडौंमा मुख्य क्षेत्रमा विद्युत आपूर्ति रोकिएको छ । काठमाडौं नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि अघोषित रुपमा लोडसेडिङ हुन थालेको आशंका व्यक्त भइरहेको बेला आइतबार काठमाडौंमा मुख्य क्षेत्रमा विद्युत आपूर्ति रोकिएको छ ।