असोज १२, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू
१.दलित महिला केन्द्र नेपालले जातिय भेदभाव तथा छुवाछुतका घटनामा मिडियाको दृष्टिकोण पुस्तक विमोचन तथा समावेशी एकता सञ्जाल गठन सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान :- इन्द्रेणी पुडल्याण्ड,नयाँ बानेश्वर ।
समय :- ८:३० बजे ।
२.महिला तथा सामाजिक समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- १०:०० बजे ।
३.सोलिडारिटी फर डा.केसी अलायन्सले काठमान्डौका प्रमुख जिल्ला अधिकारी जनक राज दाहालको निर्देशनमा प्रहरी प्रशासनले गरेको ज्यादती लगायतका बिषयमा र दोषी उपर कारबाहीको माग सहित राष्ट्रिय मानब अधिकार आयोगमा उजुरी दर्ता गराउने ।
स्थान :- राष्ट्रिय मानब अधिकार आयोग,पुलचोक ललितपुर ।
समय :- १२:०० बजे ।
४.राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि नागरिक सभा कार्यक्रम गर्ने ।
स्थान :- वसन्तपुर ।
समय :- १२:३० बजे ।
५.विद्यायन ब्यबस्थापन समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- १३:०० बजे ।
६.अनेरास्ववियूले बझाङको १२ बर्षिया सम्झना कामीको बलात्कार पछि गरिएको निर्मम हत्याको घोर भत्सर्ना गर्दै बलत्कारीलाई हदै सम्मको कारवाहीको माग राख्दै विरोध प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १३:०० बजे ।
७.सोलिडारिटी फर डा.केसी अलायन्सले डा.गोबिन्द केसीको मागको समर्थनमा दिप प्रज्वलन कार्यक्रम गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १७:३० बजे ।
८.संस्थागत बिधालय शिक्षक युनियन राष्ट्रिय समिति (ISTU) ले विभिन्न माग राखि असोज ११ गते देखि १३ गते सम्म मानव संसाधन विकास केन्द्र,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,श्रम मन्त्रालय र प्रदेशमा सामजिक विकास मन्त्रालयमा अल्टिमेटम पत्र दिने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
९.त्रि.बि.बि शिक्षण अस्पताल महाराजगंजका पुर्व प्रा.डा.गोविन्द केसीले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतका माग राखी मिति २०७७/५/२९ गते देखी बसेको अनशन जारी रहेको । (हाल त्रिवि शिक्षण अस्पतालकाे NX1भबनकाे ५०१ नम्बर क्याबिनमा उपचार गराइ रहेको ।)
१०.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
११.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।