असोज १०, मुगु । मुगु–चीनसिमानामा रहेको १३ नम्बरको सीमा स्तम्भको स्थलगतनिरीक्षणका लागिसहायकप्रमुखजिल्लाअधिकारी केशव ज्ञवाली , मुगुमकार्मारोङ गाउँपालिकाअध्यक्ष छिरिङक्याप्ने लामाको नेतृत्वमा एक टोली सीमातर्फ प्रस्थान गरेको छ ।

सहायकप्रजिअज्ञवाली, शसस्त्र प्रहरीसहित सुरक्षानिकायकाप्रतिनिधि गरी १४ जनाको टोली स्तम्भतथा सीमाअनुगमनमाप्रस्थान गरेको हो । उक्त टोलीले सीमा क्षेत्रका समस्याबारे चिनियाँअधिकारी र स्थानीयसँग छलफल गर्ने भएको छ । सीमामा रहेका स्तम्भको अवस्था के छ, कति छन् ? के भई रहेको छ भन्ने विषयमाअनुगमन समेत गरिने प्रमुखजिल्लाअधिकारी अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो । उहाकाअनुसार सो टोलीले सीमास्तम्भबारे सत्यतथ्यप्रतिवेदन पेश गर्ने प्रमुखजिल्लाअधिकारी निरौलाले बताए । प्रजिअकाअनुसार मुगु–चीनसिमानामा १३ नम्बरको सीमास्तम्भ गाडिएको छ ।

उहाले भन्नु भयो टोलीले तिब्बतीजनप्रतिनिधिसँग भेटेर सीमा सुरक्षाबारे आवश्यक छलफल गर्ने भएका छन् । दुई देशकाप्रतिनिधिले सीमा क्षेत्रका समस्याबारे पनिअनुभव एक आपसमा छलफल गर्ने भएका छन् । त्यस्तै, उनले गमगढीदेखि हिँडेको टोलीलाई चीनसिमानामापुग्न ४ दिन र फर्कन ४ दिनलाग्नेसमेत बताए । चीनतर्फ खटिएको उक्त टोलीले मुगु गाउँमा सशस्त्रप्रहरीको क्याम्प स्थापनाकालागिजग्गाको टुंगो समेत लगाउने छ । जग्गाको टुंगो लाग्नासाथ सदरमुकामबाट सुरक्षाकर्मीको टोली पठाइने जनाइएको छ ।सीमामा सुरक्षा बल नहुँदाप्रहरी चौकी, मुगुगाउँको टोलीले सामान्य सुरक्षाको काममात्रै गर्दै आई रहेको छ ।
