असोज ९, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५०३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ गरी ६४५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ५९ जना पुगेको छ ।