• २०८३ मङ्सिर ८ गते सोमवार

विराट कोहलीलाई १९ लाख जरिवाना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौँ। आइपिएल टिम रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ । किंग्स–११ पञ्जावविरुद्धको खेलका दौरान ‘स्लो ओभर’ गरेको भन्दै कोहलीलाई १९ लाख १९ हजार रूपैयाँ (१२ लाख भारू) जरिवाना गरिएको छ । कोहलीले दुई पटक क्याच छाडेको खेलमा बेंग्लोरमाथि पञ्जावले ९७ रनको विशाल जित हात पारेको थियो ।

आइपिएलका अनुसार ‘न्यूनतम ओभर गति उल्लङघन’सँग सम्बन्धित नियमअनुसार कोहलीमाथि जरिवाना गरिएको हो । दुबई इन्टरनेसनल रंगशालमा भएको खेलमा कोलहीले पञ्जावका कप्तान केएल राहुलका दुई वटा क्याच मिस गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस