• २०८३ मङ्सिर ३ गते बुधवार

श्रेष्ठद्वारा प्रेस काउन्सिलका अध्यक्षबाट राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रेस काउन्सिलको बोर्ड बैठकमा उनले राजीनामा दिएका हुन् । काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताका निम्ति आफूले राजीनामा दिएको श्रेष्ठले बताएका छन् ।

३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त पदमा काउन्सिल बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । श्रेष्ठले राजीनामा दिएसँगै काउन्सिलको बोर्ड बैठकले सदस्य गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस