• २०८३ जेष्ठ ९ गते शनिवार

होटलमा नेपाल प्रहरीका सई मृत अबस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, दार्चुला । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सई रावलको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थिए । हुती जाने क्रममा उनी होटलमा बास बसेका थिए । सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस