• २०८३ बैशाख १३ गते आइतवार

नेविसंघका तीन कार्यकर्ता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उक्त प्रदर्शनमा सहभागी रहेका त्रिवि नेविसंघ समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा, रूपेश शाह लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिविमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता भर्ती गरेको, छ महिना हुँदासमेत पठनपाठन र स्थगित परीक्षाबारे निकास ननिकालेको तथा नेविसंघ कार्यकर्तालाई झूटा मुद्दा लगाएकोलगायत विरोधमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस