• २०८३ जेष्ठ ४ गते सोमवार

विश्वमा २ करोड २८ लाख १७ हजारबढी मानिस कोरोनामुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौँ । विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ करोड १२ लाख २७ हजार ४८० पुगेको हो । एकै दिन २ लाख ३९ हजार ७५२ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २८ लाख १७ हजार ५४० पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो ।

यस्तै एकै दिन थप ३ हजार ८९१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६४ हजार ७६२ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा ४४ लाख ३६ हजार ७०९ जना संक्रमित भएकोमा २३ लाख ८३ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा५२ लाख ६६० जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा ७७ लाख ६४ हजार ११८ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरूमा ६२ लाख ८३ हजार १३९ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा ११ लाख ५८ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २७ हजार ९३ जना संक्रमणमुक्त भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस