• २०८३ बैशाख २० गते आइतवार

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक केहीबेरअघिबाट पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । यसअघि २ असोजमा बस्ने गरी बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ । सोही निर्णय कार्यान्वयनका लागि उपयुक्त मापदण्ड बनाउने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस