असोज ४, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। जसका प्रभावले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आँशिक देखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने राती देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।