• २०८३ बैशाख ८ गते मङ्गलवार

थप दुई जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, चितवन । चितवन र बुटवलमा एकरएक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

रौतहटकी महिलाको विहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए । यसैगरी बुटवल उपमहानगरपालिका वडा नं। १० का ६९ वर्षीय पुरुषको आज बिहान १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस