• २०८३ बैशाख १९ गते शनिवार

थप १५३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५८ हजार ३ सय २७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौँ । थप १५ सय ३९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ९४ नमुना परीक्षण गर्दा १५ सय ३९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज १ हजार ६८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४१ हजार ७ सय ६ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस