भाद्र ३०, सल्यान । नेपाली काङग्रेसको सल्यानमा हिजो भब्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्ब केन्द्रिय सदस्य,डील्लीराज रेग्मी,पुर्ब जि. बि. स. जिल्ला समन्वय समितिका संयोजक केश बहादुर बिष्ट,नेपाली काङ्ग्रेस नेता एबं पुर्ब सभापति ध्रुब राज पुरी, नेपाली काङ्ग्रेसका सल्यानका पुर्ब सचिव एकराज डाँगी, नेपाली काङ्ग्रेसका नेता तथा शारदा नगरपालिका (मेयर) नगर प्रमुख सुरेश अधिकारी र नेपाली काङ्ग्रेस सल्यानका युवा नेता तथा ओली बंश समन्वय समाजका केन्द्रिय महासचिव नेत्रलाल ओली लगायतका नेताहरुको उपस्थितीमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर २ र ३ ले आयोजना गरेको कार्यक्रममा नेकपा निकटका ६२ जना कार्यकर्ता नेकपा त्यागेर नेपाली काङग्रेसमा प्रबेश गरेका छन।


काङग्रेमा प्रवेश गर्नेहरुमा बनगाड कुपिण्डे नगर पालिका वडा नम्बर २ का वडा सदस्य चागुनारायण शर्माका छोरा चंचल शर्मा,नेपाल राष्ट्रिय सिक्षक सङ्गठनका उपाध्यक्ष अक्कल पुनकी छोरी अन्जु पुन,नेकपा बिप्लवका स्थानिय नेता शंकर बुढाथोकी लगायतले नेकामा प्रवेश गरेको नेपाली काङग्रेसका सल्यानका नेता तथा शारदा नगरपालिकाका नगर प्रमुख( मेयर ) सुरेश अधिकारीले जानकारी दिएका छ्न ।