भदौ २८, रुकुम पश्चिम् । रुकुम पश्चिममा शनिबार ६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन । कोरोना संक्रमित भई सँस्थागत तथा होम आइसोलेसनमा बसेका ६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका हुन । स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलका अनुसार मुसिकोट नगरपालिकाको आइसोलेसनबाट चार जना पुरुष र एक महिला गरी पाँच जनालाई घर पठाइएको हो । मुसिकोट नगरपालिकाको आइसोलेसनबाट डिस्चार्ज हुनेहरुमा वडा नम्बर ७ का चार जना रहेका छन भने वडा नम्बर १ का दुई जना रहेका छन ।

नगरपालिकाको आइसोलेसनबाट एक महिला र होम आइसोलेसनबाट एक पुरुष गरी ६ जनालाई डिस्चार्ज गरिएको फोकल पर्सन रावलले जानकारी दिएका छ्न । जिल्लामा संक्रमित भएका ६९ मध्ये ६१ जना उपचार पछी निको भैसकेका छन भने अव सक्रिय संक्रमितको सङ्ख्या ८ रहेको छ ।
स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन रावलका अनुसार जिल्ला अस्पताको नर्मल वेडमा तिन जना, त्रिवेणी गाउँपालिकाको आइसोलेसनमा २, मुसिकोट, चौरजहारी र आठविसकोट नगरपालिकाको आइसोलेसनमा एक÷एक जना सक्रिय संक्रमित रहेका छन । उनिहरु सबैको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ ।।