• २०८३ बैशाख २९ गते मङ्गलवार

गजल

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

साँचो बोल्दा निडर पत्रकार पिट्टिन्छन,
राष्ट्रीय मिडियाका होनहार पिटिन्छन।

देशको झण्डा शंबिधान नपोल भन्दा,
ईमानदार सिपाई हवलदार पिटिन्छन।

छिमेकीले साँद सार्दा बिरोध गर्ने पनि,
देशभक्त शन्तान सिमावार पिटिन्छन।

देशको बिकाश गर्न सकेन सरकारले,
र ता युवाहरु सिमाना पार पिटिन्छन।

हेर बिदेशी अतिकर्मणको बिरोध गर्दा,
सेलाउँछ र सरकारी आधार पिटिन्छन।

कानून नामको जिच देखिन्न देश भित्र,
गलत नीतिले आपसि प्यार पिटिन्छन।

संघियताले नै देश टुक्रा टुक्रा गरायो हेर,
कुर्सिकै लागि देशको मद्तगार पिटिन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस