भदौ २६ । रुकुम पश्चिम कोरना भाइरस रोग नियन्त्रण तथा पुर्बतयारीका लागि रुकुम पश्चिममा २०७६ ७७ असार मसान्त सम्म १० करोड २२ लाख ६८ हजार ३ सय ३४ रुपैया खर्च भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले १९ लाख ९९ हजार २०१ रुपैया खर्च गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल का अनुसार जिल्लामा खर्च भएको रकम सबै पालिकामा स्वास्थ्य सामाग्री पुर्याएको र सुरक्षाकर्मी र स्वस्थ्यकर्मी का लागि आबश्यक स्वास्थ्य सामाग्री खरिद गरिएको जानकारी दिए । त्यस्तै आठबिसकोट नगरपालिकाले १ करोड ९६ लाख ६३ हजार ६ सय १२ खर्च गरेको छ। अस्पताल निर्मान तथा ब्यबस्थापन मा १ करोड १७ लाख ८१ हजार ४ सय ७५ रुपैया खर्च गरेको छ भने क्वरिन्टिन निर्मान तथा संन्चालन ब्यबस्थापन मा ३१ लाख १४ हजार १ सय २४ रुपैया खर्चेको छ त्यस्तै औषधि स्वास्थ्य उपकरण तर्फ ११ लाख ३३ हजार ३ सय खर्च भएको छ भने कार्यपालिका को निर्णय अनुसार बिपत को समयमा खटियका कर्मचारी हरुको जोखिम भत्ता तथा यातायात खाजा खर्चमा ३ लाख ३६ हजार ५ सय ३५ बिपन्न तथा परिवार पाल्ने मज्दुरहरु लाई राहात बितरण मा १८ लाख ६३ हजार ५ सय ४० रुपैया खर्च भएको छ ।
त्यस्तै देशका बिभिन्न स्थानमा रहेकालाई उद्दार गरेर पालिका सम्म ल्याउदा १४ लाख ३४ हजार ९ सय ३५ रुपैया खर्च भयको छ। भने नगरपालिकाले स्थापना गरेको कोरणा रोग तथा नियन्त्रण कोषमा १७ लाख २० हजार ७ सय ४० रुपैया जम्मा भएको अधिकृत धुर्ब लम्सालले जानकारी दिनु भयो। उहाका अनुसार नगरपालिकाले आईसोलेसन अस्पताल निर्मान गरेको छ । त्यस्तै चौरजहारी नगरपालिकाले ३ करोड ८९ लाख २० हजार ६ सय ५१ रुपैया खर्च गरेको छ।
पिसिआर ल्याब संन्चालन स्वयमसेबक पारिश्रमिक ७४ लाख ९ हजार ७ सय ८८ रुपैया खर्च भएको अधिकृत राम बहादुर केसीले जानकारी दिए । मुसिकोट नगरपालिकाले १ करोड ४६ लाख ९९ हजार ७ सय ३२ रुपैया खर्च गरेको अधिकृत नरबिर खड्का जानकारी दिए । त्रिवेनि गाउपालिकाले १ करोड २२ लाख १६ हजार ९२ रुपैया खर्च भएको स्वस्थ्य समयोजक बिर बहादुर डागी ले जानकारी दिए । त्यस्तै बाँफिकोट गाउँपालिकाले ९५ लाख ३२ हजार ३ सय ८३ रुपैया खर्च गरेको गाउपालिकाले जानकारी दिएको छ । त्यस्तै सानीभेरी गाउँपालिकाले ५२ लाख ३६ हजार ६ सय ६३ रुपैया खर्च भएको अधिकृत भुपालसिह बिष्टले जानकारी दिए ।