भदौ २६ ,मुगु । रब दिन दशक सम्म विस्थापित भएका वाङरी गाउका नागरिक आफ्नो जन्मथलो तिर फर्कने गरेका छन् । विभिन्न कारणले गाउँ छाडेका जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका वडा नं. १ वाङरी गाउँ साविकको डोल्फु गा.वि.स का नागरिकहरु आफनो पुरानो थाकथलो वाङरी फर्किने तयारीमा रहेका छन् ।
कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगुमा न त सडक सञ्जालले छोएको , न त शिक्षा , स्वास्थ्य , रोजगारको अनुभुति गरेका यहाका नागरिक । मुगुमकार्मारोङ गाउँपालिकाको पनि दुर्गम वाङरी गाउँमा यातायात, शिक्षा, स्वास्थ्य, खानेपानि लगायत विकासका पुर्वाधारमा टाढा रहेको मुगु जिल्ला त्यसैमा पनि सदरमुकाम गमगढी बजार देखि करिब ४ हजार मिटर टाढा रहेको त्यो बस्ति तिब्बत सँग सिमाना जोडिएको छ । उनीहरु सदरमुकाम गागढी बजारमा आईपुग्न करिब ४ दिन सम्मको पैदल यात्रा गर्नु पर्छ । उनीहरु विगतका वर्ष देखिनै चाईना बाट ने सामान ओसार पोसार गर्ने गरेका छन् ।
साविकको डोल्फु गाविस छिमेकि जिल्ला जुम्ला सँग पनि सिमाना जोडिएको छ । उनीहहरु तीन दशक देखि छिमेकि जिल्ला जुम्लामा बस्दै आईरहेका छन् । यता मुगुमा यस्तो दुरदर्शा भएको हुदा यस्तो सास्ती खेप्न नपरोस भनि जुम्ला जिल्लाको पातारासि गाउपालिकामा बसाई सराईन गर्न बाध्य भएको सोही गाउका एक स्थानीय पिडित तथा बुद्धिजिवि ताक्ला तामाङले बताए । उनले भने हाम्रो खेतवारीमा अन्न वालि कम उत्पादन हुन्छ र खानेकुरा कि त चीनको सिमानाबाट महिना दिन लगाएर ल्याउनु पर्छ कि त यही जुम्लाबाट लान पर्छ, र त्यही रासन पनि बर्ष दिनलाई पु¥याउन हम्मेहम्मे हुने गरेको तामाङको भनाई रहेको छ । अर्का स्थानिय धावा ग्याल्जान तामाङको पनि उस्तै आकडा रहेको छ । यस्ता समस्या लाई देख्न नसकेर बसाईसराई गर्न बाध्य भएको बताए । उनले भने यता आफ्नै जन्मथलोमा आए पछि नजिकको सरकार गाउपालिकाले सुविधा नदिएको उनको बुझाई रहेको छ उनले थपे न त उताको हामी त झन सुकमबासी जस्तै भएको जानकारी गराए । अब आफ्नै पुरानो गाउँ फकिर्न बाध्य भएका छौँ ।
नजिकको सरकार गाउपालिका छ त्यसैको आसामा हामि तिन दशक पछि आफ्नै जन्मथलोमा आयौ गाउपालिकाले नजर नदिदा अब हामी भोकको चिन्ताले रात काट्न बाहेक अन्य नरहने बताए । एकातिर विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्वनै आक्रान्त भईरहेको बेला रोग भन्दा भोकको चिन्ताले मर्ने उनीहरु बताउछन् । नेपालमा भर्खरै कोरोनाको हल्ली चल्ली भएको अवस्थामा यहाका गाउपालिका नगरपालिका , राजनितिक दल , समाजसेवि , अन्य संघ संस्थाले राहत वितरणमा होड बाजि चलेको थियो । राहत वितरणमा एक द्धार प्रणाली नहुदा अहिले मुगुमा खाद्यान्नको अभाव रहेको छ । मुगुमा खाद्यान्न अभाव सुरु हुन थाले पछि खाद्य व्यवस्था तथा व्यापार कम्पनिले विक्रि वितरणमा पनि रोक लगाएको छ । तर उनीहरुको पिडा भने मनमै रहेको छ ।
उनीहरु लाई खाद्यान्न ल्याउन गमगढी बजार पुगौ भने आर्थिक छैन , जाउ भने ४ दिन लाग्छ , नजाउ भने घरमा भएको खाद्यान्न सकियएको छ । कसरी घर परिवार पालौ भनेर उनीहरुको दिन चर्या सोचेरै बिताई रहेका छन् । देश संघियतामा भए पनि वाङरीबाट बसाइसरेका पातारासी वडा नं. २, ३ र ४ का करिब चालिस घरधुरीका बासिन्दाहरु स्थानिय सरकारले उपलब्ध गराउने सेवा सुबिधा र स्थानिय स्रोतको उपभोग गर्न नपाएर जीवनयापनमा कष्ट भए पछि पुरानै गाउँमा बसाइसर्ने निर्णय गरेका हुन । पुरानै गाउँमा पुनःस्थापनाका लागि सरोकारवाला सरकारी तथा अन्य संघ सस्थाहरुबाट आवश्यक सहयोगको अपेक्षा गरेका छन ।