चैत्र, ८ दार्चुला । दार्चुला बहुमुखी क्याम्पस खलंगामा बी.एड. तृतीय बर्ष शिक्षाशास्त्र संकायमा अग्रेजी बिषय अद्ययनरत छात्रा जानकी ठगुन्नाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका वडा नम्बर १ सल्ला घर भएका ठगुन्नाको दार्चुलाबाट घर जाने क्रममा ढुगांले लागेर मृत्यु भएको स्थानीय दिपेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।
काशीसिह ठगुन्ना र माना ठगुन्नाकी २२ बर्षीया छोरी जानकी ठगुन्नाको बुधबार घटनास्थलमै मृत्यु भएपनि सब बिहिबार फेला परेको स्थानीयले बताएका छन्