• २०८३ जेष्ठ १९ गते मङ्गलवार

दुई जना महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, कास्की । डर, धाकधम्की तथा प्रलोभन देखाई ३१ वर्षीया महिला र ३६ वर्षीया अर्की महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पीडित महिलाको जाहेरीको आधारमा सुवेदीलाई आफ्नै घरबाट पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । घरमा एक्लै रहेको बेला सुवेदीले करणी गर्ने गरेको महिलाले प्रहरीसमक्ष बताएकी छन् ।

करणीमा संलग्न सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको एसपी श्रेष्ठले बताए । सुवेदीविरुद्ध जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसनधान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस