भदौ २४, मुगु । कोरोनालाई जितेका स्वास्थ्य सेवा कार्यालय मुगुका लेखापाले आईलुलेसन व्यवस्थापनका लागी नगद आर्थिक सहयोग गरेका छन । गत ८ गते कोरोना पोजेटिभ भेटिएका स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत लेखापाल सुरेश कुमार केसीले आज एक कार्यक्रमका बिच आसुलेसन व्यवस्थापनका लागी ५० हजार सहयोग गर्नु भएको हो ।

लेखापाल केसिले आफनो दोसो्र पटक परिक्षण गर्दा नेगटिभ रिपोट आएमा आईसुलेसन व्यवस्थापनका लागी ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । त्यसै अनुरुप दोश्रो पटक कोरोना परिक्षण गर्दा उनको रिपोटमा नेगेटिभ आएको थियो । संक्रमण भेटिएको ५ दिनमै कोरोनालाई जितेका केसीले बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलालाई आफुले घोषणा गरे बमोजिमको रकम जिल्लाका कृयाशिल पत्रकारहरुको उपस्थितीमा हस्तान्तरण गर्नु भएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै लेखाअधिकृत केसीले आफु ५ दिन आईसुलेसनमा बस्दा आफनै कार्यालयका चिकित्सक देखि अन्य कर्मचारीहरुले अपहेलना गर्ने जस्ता व्यवहार गरेको र आईसुलसनमा रहेका संक्रमितहरु रोगले भन्दा बाहिरका व्यक्ति तथा आफन्तहरुले गर्ने व्यवहारबाट पिडित भै मनोबल बढाउन नसकि मृत्युको मुखमा जाने गरेको अनुभव सुनाउनु भएको थियो । आसुलेसनमा रहदा स्वास्थ्यका तल्लो तहका कर्मचारीहरु उपचार तथा अन्य कार्यमा खटिने भएपनि जोखिम भत्ता चिकित्सकले मात्र पाउने गरेकोले यो कार्यका खटिने सबैलाई जोखिम भत्ता दिनु पर्ने पनि लेखा अधिकृत केसीले बताउनु भयो । कोरोना संक्रमण रहेकै बेला लेखापालले सामाजिक संजालमा आफै आफनो नाम सार्वजनिक गदै आइसुलेसन व्यवस्थापनका लागी ५० हजार दिने घोषणा गर्नुले कोरोना केहि होईन,आत्मबल भएमा कोरोनालाई सजिलै जित्न सकिने प्रजिअ कृष्ण कुमार निरौलाले बताउनु भयो ।
केसीले गरेको सहयोग र संक्रमित हुदा देखाएको आत्मबलको उपस्थित प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साह र पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले प्रशंसा गर्नुका साथै भावी दिनमा हुनसक्ने संक्रमित र अन्यलाई प्रेरणाको सो्रत भएको जानकारी दिएका छन् ।