भदौ २४, रौतहट । कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही सहित २० जनामा संक्रमण देखिएको हो । बुधबार आएको पीसीआर रिर्पोटको नतिजामा आफु सहित २० जनामा संक्रमण देखिएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।

संक्रमित प्रहरीहरुलाई पायक पर्नेलाई होम आइसोलेसन र पायक नपर्नेहरुलाई चन्द्रपुर(२ मा रहेको अस्थायी कोरोना अस्पतालमा पठाउने तयारी गरिएको उनले जानकाी दिए । चन्द्रपुरबाट प्रहरी सहित ४१ जनाको स्वाव परिक्षणको लागि पठाइएकोमा प्रहरी सहित जम्मा २८ जनाको रिर्पोट पोजेटिभ आएको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिए ।