वि.सं.२०७७ साल भाद्र २४ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी,३९ घडी ५७ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका,०७ घडी ३० पला,बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त रोहिणी । योग–हर्षण,२८ घडी ०० पला,बेलुकी ०४ बजेर ५८ मिनेट उप्रान्त बज्र । करण– भद्रा,बेलुकी ०९ बजेर ०४ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३१ घडी ०७ पला । सप्तमी श्राद्ध। महालक्ष्मी व्रत समाप्ति ।
मेषः दिन मध्यम छ । बोलीवचनमा प्रभाव घट्नेछ । आर्थिक विचलन देखिन सक्नेछ । शरीर पनि अस्वस्थ रहनेछ । धैर्य गर्नु बेस हुनेछ ।
वृषः दिन भाग्योदयकारक छ । सन्तानको माया ममता मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
मिथुनः दिन नितान्त प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । कामप्रति जोश, जाँगर हट्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुने देखिन्छ ।
कर्कटः दिन लाभदायक खालको छ । महिलाका तर्फबाट फाइदा हुने देखिन्छ । मनमा प्रसन्नता छाउनेछ । विद्यामा पनि प्रगति हुनेछ ।
सिंहः दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महत्वपूर्ण कामको अवसर मिल्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ । मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ ।
कन्याः दिन मध्यम छ । धार्मिक क्षेत्रमा कमी आउनसक्छ । शरीरमा घाउ चोटपटक लाग्न सक्ने सम्भावना छ । सावधानीको आवश्यकता पर्ने देखिन्छ ।
तुलाः दिन नितान्त प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ ।
वृश्चिकः दिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।
धनुः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ । दीर्घकालीन कामको सोच हुनेछ ।
मकरः दिन मध्यम छ । योजना मुताविक काम बन्न मुश्किल पर्नेछ । मनमा चिन्ता पर्नसक्छ । धैर्य गनुृ बुद्धिमानी हुनेछ । शरीर पनि अस्वस्थ रहनेछ ।
कुम्भः दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ ।
मीनः दिन सार्थक छ । सामाजिक काममा गति थपिनेछ । दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।