भाद्र २३ , काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।
