• २०८३ जेष्ठ २८ गते बिहिवार

थप ९७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४७ हजार २ सय ३६ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २२ , काठमाडौँ । थप  ९  सय ७९ जनामा कोरोना  कोभिड १९ संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४७  हजार २ सय ३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड।जागेश्वर गौतमका अनुसार ९ हजार २ सय १५ जनामा नमुना परीक्षण गर्दा ९ सय ७९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार ७ सय ३६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३० हजार ६ सय ७७ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस