• २०८३ असार ७ गते आइतवार

औषधी नहुँदा आँखाका विरामीलाई समस्या

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१ मुगु । जिल्लाको गमगढी बजारस्थित एक आँखा उपचारमा केन्द्रमा औषधी अभाव हुँदा आँखाका विरामीहरुलाई समस्या भएको छ । हिमालयन आँखा अस्तपताल केन्द्रले जिल्लाका आँखा अस्पतालका शाखाहरुमा औषधी पुराउने जिम्मा लिएको थियो ।

उक्त अस्पतालले शाखाहरुमा औषधी पुराउन नसक्दा समस्या भएको जिल्ला आँखा उपचार केन्द्र मुगुका प्रमुख धुव्र बुढाथापाले बताउनु भयो । मुगुमा दैनिक ३० देखि ४० जना आँखाका विरामीहरु उपचारका लागि अस्पताल आउने गरेका छन् । औषधी नहुँदा विरामीहरुलाई सामान्य सुझाव दिई घर पठाउनु गरेका छौँ, प्रमुख थापाले भन्नु भयो ।‘– हिमालयन आखाँ अस्पताल संस्थान भएकाले संस्थानको व्यवास्था र सरकारको सौतेनि व्यवहारले पनि समस्या उत्पन्न भएको उहाँले बताउनु भयो ।
अस्पतालमा औषधीनहुदा रित्तो हातलिएर घर फर्कनु बाहेक अन्य केही नरहेको विरामीहरुको गुनासो रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस