भदौ २०, काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको एनआरएनएले जनाएको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।